पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना पुष्टि

पुस २१, २०७८ मा प्रकाशित | 396 views

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार दुई सय ६७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव २३ प्रतिशत अर्थात् चार सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १३ हजार एक सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४६ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड आठ लाख चार हजार चार सय १३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।यस्तै एक करोड ४७ लाख १७ हजार दुई सय २६ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web