एकै दिन १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण

पुस २०, २०७८ मा प्रकाशित
Published at 2022-01-04

77 views

काठमाडौँ । अमेरिकामा एकै दिन १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो साेमवार एकै दिन अमेरिकामा १० लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको अघिल्लो लहरको बेला एकै दिन सबैभन्दा धेरै पुष्टि भएका सङ्क्रमितको तुलनामा हिजो तीन गुणा धेरै सङ्क्रमित भेटिएको जनाएका खबरमा उल्लेख छ । जोन्स हप्किन्स विश्वविद्यालयकाे तथ्याङ्कअनुसार पछिल्लो हप्ता हरेक एक सय जना व्यक्तिमध्ये एक जना अमेरिकी कोरोना पोजेटिभ भेटिएका छन् ।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले विज्ञहरूसँग कोरोनाको बढ्दो जोखिमको बारेमा आज मङ्गलवार बिहान छलफल गर्नुभएको पनि खबरमा उल्लेख छ । आउँदो हप्ता सङ्क्रमण दर झन्डै दोब्बरले बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकामा अहिलेसम्म पाँच करोड ५० लाख जनामा कोरोना पुष्टि भएको छ भने आठ लाख २६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.