अबैध रुपमा हुदै आएको गाईगोरुको ओसारपसार नियन्त्रण गर्न माग

पुस १६, २०७८ मा प्रकाशित | 939 views

त्रिशूली । नुवाकोटको बाटोहुदै रसुवातर्फ अबैध रुपमा हुने गरेको गाईगोरुको ओसारपसार नियन्त्रण गर्नको लागी विदुर नगरपालिका वडा नं. १२ मा रहेका युवाहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समयमा अबैध रुपमा गाईगोरुको ओसारपासारका घटना बढेको र त्यसक्रममा अपराधका क्रियाकलाप समेत भएसगैँ रोक्नको लागी विदुर नगरपालिका वडा नं. १२ का युवाहरु सम्मिलित रहेको युवा संघर्ष समितिले जिल्लाका सम्बन्धित पक्षलाई ज्ञापन पत्र बुझाएका छन् ।

No description available.

युवा संघर्ष समितिका अध्यक्ष रोजिना ढुङ्गाना सहितका पदाधिकारीहरुले अबैध रुपमा भैइरहेको गाईगोरीको ओसारपसारको क्रममा चोरीबाटो हुदै लैजाने गरिएको, लुकाईछिपाई लैजाने क्रममा खुट्टा लडेर तथा कुटपिटबाट खुट्टा भाचिएकालाई बीच बाटोमा नै छाडिदिने गरेको र नुवाकोटबाट रसुवातर्फ लगिएको गाईगोरु कुन उद्देष्यले लगेको हो त्यसको एकीन समेत नभएकाले यसभित्र भएका अबैध र अपराधका काम रोक्नको लागी आज जिल्लाका सरोकारराख्ने निकायमा ज्ञापन पत्र बुझाइएको हो । संघर्ष समितिको अध्यक्ष रोजिना ढुङ्गानाको नेतृत्वमा रहेका युवा संघर्ष समितिले गाईगोरुको अबैध रुपमा भइरहेको ओसारपसार रोक्न र यसक्रममा हुदै आएका अपराधमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला प्रहरी कार्यालय नुवाकोट, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोट, विदुर नगरपालिकाको कार्यालय प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

No description available.
सम्बन्धित एंव नियमनकारी निकायको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा बिदुर नगरपालिका वडा नं. ६ मुलथला देखि वडा न.. १२ गौरीवेशीहुदै सामरीखोला निस्कने बाटोबाट अबैध रुपमा व्यापारीहरुले गाईगोरुको ओसार पसार गर्दै आएको र त्यसक्रममा खुट्टा भाचिएका तथा शारिरिक रुपमा कमजोर भएका गाइगोरु बाटोमा नै अलपत्र छोड्न थालेकाले संलग्न व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिएर कारबाही गर्नको लागी आग्रह गरिएको छ । गाईगोरुको ओसारपसार गर्दा एंव दिउसो तथा रातको समयमा लुकिछिपी नुवाकोटबाट रसुवातर्फ लैजानेक्रममा खुट्टा भाचिएका दुई वटा गोरु बिदुर नगरपालिका वडा नं. १२ को गौरीवेशीमा अलपत्र अबस्थामा रहेकाले त्यसको पनि उद्धार गरेर उपचार गर्नको लागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोट, विदुर नगरपालिकाको कार्यालयको ध्यानाकर्षण गराइएको छ ।
ब्यापारीले लैजाने क्रममा खुट्टा भाचिएपछि बीचबाटोमा नै छाडिएको दुई वटा गोरु सिकिस्त बिरामी समेत भएकाले त्यसको अहिले सोही स्थानका युवाहरुको पहलमा पालन भएपनि उपचारको बन्दोबस्त र अलपत्र अबस्थाबाट उद्धार गर्ने वातावरण मिलाउन भनिएको संघर्ष समितिका अध्यक्ष रोजिना ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँको अनुसार संघर्ष समितिले बुझाएको ज्ञापनपत्र अनुसार अबैध रुपमा हुने ओसारपसारका घटनामा संलग्नलाई रोक्नको लागी नुवाकोट प्रशासन र नुवाकोट प्रहरीले प्रतिद्धतता जनाएको छ ।
गाईको दुध खान पाएसम्म एंव गोरुलाई जोतेसम्म पालन गर्ने र बुढ्यौली भएपछि अन्यत्र पठाउने गर्दा अबैध काम र अपराधको घटना बढेकाले अबैध काममा संलग्न ब्यापारीदेखि पठाउने पशुधनीलाई समेत कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web