मिनी–ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

पुस १६, २०७८ मा प्रकाशित | 382 views

गोरखा । गोरखाको धार्चे गाउँपालिका ५ माछाखोलामा भएको मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा मिनीट्रक चालक धादिङका निराजन नेपाल, ट्रकमा रहेका दीपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार चलिरहेको छ ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनीट्रक दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web