निरन्तरको वर्षा र हिमपात, नुवाकोट र रसुवाको जनजीवन कष्टकर

पुस १५, २०७८ मा प्रकाशित | 476 views

विदुर । पश्चिम र मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो दिनभर भएको वर्षा र हिमपात अहिले भने रोकिएको छ । पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात आज अपरान्हदेखि रोकिने मौसम पूर्वअनुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभएको छ । उहाँको अनुसार नेपालमा पश्चिमी क्षेत्रबाट प्रवेश गरेको सक्रिय मौसमको कारण यही मंगलबारदेखि सुरु भएको मौसमको खराबी आज बिहानैदेखि देशैभर नै छाएको छ ।
दुई दिन अघि देखि नै नेपालको अधिकांश स्थानमा वर्षा सुरु भएको वर्षा अहिले भने थामिएको छ । यद्यपी, आकाशमा कालो बादल मडारिरहेकाले अझै पानी पर्नसक्ने देखिएको छ । वर्षाको कारण हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा असिना समेत परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा र हिमपातका कारण बढेको चिसोले नुवाकोट, रसुवा, धादिङ लगायत सबै स्थानको जनजीवन प्रभावित भएको भएको छ । यही मंगलबारदेखि नेपाल प्रवेश गरेको बायु भोलि शुक्रबारसम्म नै कायम हुने भएकाएले मौसममा सुधार आजदेखि सुरु भएपनि पूर्ण रुपमा सुधारको लागी शनिबार तथा आइतबार नै लाग्ने महाशाखाले जनाएको छ ।
बर्षासगैँ नुवाकोटको केही माथिल्लो स्थान र रसुवाका उच्च क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । हिमपातको कारण निकै चिसो भएसगँै जनजीवन कष्टकर बनाएको हो । हिमपात सुरु भएपछि रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात भएको छ ।
हिमपातका कारण लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासमा जोखिम भएकाले त्यसतर्फ घुम्न गएका आन्तरिक पर्यटकलाई फर्काइएको छ । वर्षा र हिमपात भएसँगै देशभर नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
वर्षा र हिमपातका कारण विभिन्न रोगको सक्रमण हुने, रुघाखोकी, आतमा ज्वरो आउने, बालबालिका र जेष्ठ– नागरिकलाई निमोनिया हुने, बुढाबुढीलाई खोकीलाग्ने, दम बढ्ने, शरीर दुख्ने भएकाले ख्याल गर्न आग्रह गरिएको छ ।
यसैगरी, जारी रहेको वर्षा तथा हिमपातले तरकारीलाई असर पुराएपनि गहुँ, तोरी लगायतका अन्नबालीलाई भने लाभ पुगेको भन्दै किसानहरु उत्साहित देखिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web