जीप दुर्घटना हुँदा ५ भारतीय नागरिकको ज्यान गयो

पुस १३, २०७८ मा प्रकाशित
Published at 2021-12-28

52 views

रौतहट । रौतहटमा जीप दुर्घटना हुँदा पाँच जना भारतीय नागरिकको ज्यान गएको छ । दुर्घटना अन्य दुई जना घाइते भएका छन् ।

गरुडा नगरपालिका १ मा जयनगर सडक खण्डमा भएको दुर्घटनामा ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन । गौरबाट गरुडाका लागि छुटेको बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय नम्बर प्लेटको जीप दिउँसो सवा ४ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.