१ सय ६७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको सङ्ख्या ५ हजार भन्दा कम

पुस १०, २०७८ मा प्रकाशित | 385 views

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय २६ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या चार हजार नौ सय ७८ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म आठ लाख १० हजार चार सय ९७ जना कोरोना सङ्क्रमित निको भैसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरी ६ हजार चार सय ४७ जनाको नमूना परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ८३ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ५५ हजार चार सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ९९ लाख ८५ हजार पाँच सय ६८ जना पुगेको छ । यो नेपालमा कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको ५० दशमलव एक प्रतिशत हो । एक करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web