तारकेश्वर काँग्रेसले बुझायो पालिकालाई नौ बुँदे ज्ञापनपत्र, तत्कालै सच्चिन चेतावनी

पुस १०, २०७८ मा प्रकाशित | 688 views

तारकेश्वर काँग्रेसले बुझायो पालिकालाई नौ बुँदे ज्ञापनपत्र, तत्कालै सच्चिन चेतावनी

त्रिशूली । नेपाली काँग्रेस तारकेश्वर गाँउपालिका कार्यसमितिले गाँउपालिकाको अध्यक्षलाई विभिन्न नौ बुदे ज्ञापनपत्र बुझाएको छ । पालिकाको अध्यक्ष रमेशबहादुर वस्ती सहितको पदाधिकारीबाट भएका तथा गर्दै आएका अनियमितताका विभिन्न ९ बुँदे विषयवस्तु समावेश गरेर कार्यसमितिका सभापति केशवराज अर्यालको नेतृत्वको काँग्रेस टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा यसअघि गरिएको अनियमितता छोप्न पुनः अहिले पनि अनियमितता भइरहेको, शिक्षा क्षेत्रमा भइरहेका विकृत तथा विसंगती, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा भएका वेवास्था, पालिकाको भवन सहितको सेवा प्रवाह गर्ने शाखको आफ्नै भवन निर्माण गरेको ढिलाई, खानेपानीको पाइप वितरण देखि बजेट वितरणमा गरिएको अनियमितता, प्राकृतिक श्रोतको बढिरहेको दोहन र त्यसमा अध्यक्षकै संलग्ना रहेको लगायतका कैफियतलाई औलाउदै सच्चिन चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै पालिकाको अध्यक्ष रमेश वस्तीले सकेसम्म राम्रो नियतले नै कार्यसम्पादन गर्दै आएकाले कहीकतै कमिकमजोरी भएको पाइएमा त्यसमा सुधार गरिने आश्वासन दिनुभयो ।

ज्ञापनपत्रको पूर्ण विवरण पढ्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web