नेपाली सेनाको अगुवाईमा पृथ्वीनारायण शाहको सालिक परिसर क्षेत्रको सरसफाई

पुस १०, २०७८ मा प्रकाशित | 807 views

त्रिशूली । नुवाकोटमा रहेको नेपाली सेनाको जबरजंग गणको आयोजनामा विदुर नगरपलिका–५ देवीघाटमा रहेको पृथ्वीनारायण शाहको सालिक परिसरमा शुक्रबार सरसफाई गरिएको छ । नुवाकोटमा राष्ट्रिय सेवा दल (एनसिसी) स्थापनाको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित सरसफाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयबासीहरुको समेत सहभागितामा पृथ्वीनारायण शाहको सालिक परिसर क्षेत्रको सरसफाई गरिएको हो ।

“स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान”, “यौन हिंसा सदाको लागि अन्त्य गरौं” भन्ने मुल नारा र फ्लेक्स प्रिन्टसहित नगर परिक्रमा कार्यक्रम, साथै स्कुल तथा जाल्पादेवी मन्दिर र पृथ्वीनारायण शाहको शालिक रहेको परिसर सरसफाई कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गरिएको छ । 

सरसफाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याल  NCC ALUMNI ASSOCIATION जिल्ला कार्य समिति नुवाकोटका प्रमुख सल्लाहकार तथा यस गणका गणपति  श्री नं. १ तालिम केन्द्रका केन्द्रपति प्रमुख सेनानी बालमुकुन्द बिष्ट, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाह,  शसस्त्र प्रहरी बल नं.१९ गुल्मका प्रमुख प्र.ना.उ. मदन ढुङ्गाना, राष्ट्रिय अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख हेमन्त चौधरी, वि.न.पा. ५ का वडा अध्यक्ष  शिव चित्रकार, देवीघाटस्थित पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष  गोविन्दलाल चित्रकार, शिक्षक, पत्रकार, स्थानिय जनप्रतिनिधिहरु तथा NCC ALUMNI ASSOCIATION का क्याडेटहरु लगायत स्थानियक बासिन्दाहरुको सहभागिता रहेको थियो ।

May be an image of 1 person, standing and outdoors

May be an image of 1 person and standing

May be an image of 1 person, standing and outdoors

NCC तालिमको मुख्य उद्देश्य :
“अनुसासन नैं राष्ट्र सेवाको मुल जग हो” भन्ने आदर्श वाक्य भएको यस राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, बफादारिता, ईमान्दारिता, राष्ट्रिय एकताको भावनना र नेतृत्व क्षमताको विकाश गराउनुको साथै भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयं सेवकको भुमिका निर्वाह गर्न सक्ने दक्ष दस्ता तयार गर्नु हो ।
राष्ट्रिय सेवा दल NCC तालिमको अवधी १०० दिन रहेकोमा ७९ दिन सस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प संचालन गराउदै आई रहेको विधितै छ। तर हाल विश्व ब्यापी रुपमा फैलिएको Covid-19 को कारणले यस तालिमको अवधी घटाई ३५ दिनको संस्थागत तालिम र १५ दिनको सामुहिक क्याम्प संचालन गर्ने लक्ष्य लिएको छ। यस तालिम अवधीमा क्याडेट छात्र/छात्राहरुलाई एफ.सि/वि.सि नक्सा अध्ययन विपद् ब्यवस्थापन ड्रिल, तेक्वान्दो, एरोविक्सहरुको सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिलाईने छ।

हाल NCC तालिम संचालन भईरहेको विद्यालयहरु :
१ श्री चन्द्र ज्योति मा.वि. विदुर नगरपालिका-५, पिपलटार
२ श्नी नारायणदेवि मा.वि लिखु गाउपालिका-१, बरफेदी
३ श्री दुप्चेशवर मा.वि दुप्चेशवर गाउपालिका-६, रामती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web