नेपाली सैनिकले घर बनाउदा सहुलियत ब्याजमा ऋण पाउने

पुस ८, २०७८ मा प्रकाशित
Published at 2021-12-23

166 views

काठमाडौ । नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका लागि सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जाको सुरु गरेको हो । कार्यक्रमको बुधवार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गर्नुभयो । यो कार्यक्रममा सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउनेछन् ।

अहिलेसम्म २० जनाको आवेदन प्राप्त भएकोमा सात जनाको प्रक्रिया पूरा भएर रकम लिने क्रममा रहेको सेनाले जनाएको छ । यसका लागि नेपाली सेनाले गएको कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको थियो ।

कर्जा सुविधा उपयोग गर्न योग्यता पुगेका कर्मचारीले काठमाण्डौमा सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा र उपत्यकाबाहिर पायक पर्ने सेनाका कल्याण केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.