विद्यार्थीलाई शैक्षिक सामाग्रि र बिरामीलाई आर्थिक सहयोग

पुस ७, २०७८ मा प्रकाशित
Published at 2021-12-22

683 views

मनकामना, नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं. ५ अर्चलेमा रहेको त्रिभूवन माविमा अध्ययनरत आर्थिक अबस्था कमजोर भएको विद्याथीलाई झोला सहित स्टेशनरी सामाग्रि वितरण गरिएको छ ।
मानव सेवा समाज नेपाल–अष्ट्रेलियाका सस्थापक केपी सेढाईले टिकटकमा मार्फत गरिएको सहयोगको अपिलमा अमेरिका निवासी सावित्रा आचार्यबाट प्राप्त भएको नगद १२ हजार रुपैयाँले विद्यालयमा कक्षा १ देखि ४ सम्म अध्ययनरत आर्थिक अबस्था कमजोर भएका १५ जना विद्यार्थीको लागी एक–एक थान झोला सहित स्टेशनरी सामाग्रिहरु कलप र कापि उपलब्ध गराइएको विद्यालयका प्रधानध्यापक नारायणप्रसाद घट्टले जानकारी दिनुभएको छ ।

No description available.
उहाँको अनुसार चितवन निवासी सामाजिक व्यक्तित्व केपी सेढाई मार्फत सहयोग सामाग्रि जुटाउनको लागी किस्पाङ गाँउपालिका वडा नं. निवासी होमप्रसाद भट्ट र शेषनाथ भट्टले पहल गर्नुभएको हो ।

यसैगरी, होमनाथ भट्टको पहलमा किस्पाङ गाँउपालिका वडा नं. ५ घलेगाँउका बिरामी मंगलबहादुर घलेलाई नगद २० हजार रुपैयाँ प्रदान गरिएको छ । रोगजारको लागी दक्षिण कोरिया पुग्नुभएका किस्पाङ गाउँपालिका वडा नं. ३ निवासी शिवप्रसाद भट्ट लगायतका व्यक्तिहरुले तीनवर्ष अघि भीरबाट लडेर मेरुदण्ड भाचिएका ६० वर्षका मंगलबहादुर घलेलाई उहाँकै घरमै पुगेर नगद २० हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो ।

No description available.
भीरबाट लडेपछि भाचिएको मेरुदण्डको उपचार चिकित्सकको अनुसार सम्भव नभएको बताएसगै अहिले घरमौ राखिएको छ । हिडडुल गर्न समेत नसक्ने मंगलबहादुर घलेलाई नियमित औषधि सेवन, हेरचाह, स्वास्थ्य सामाग्रि तथा सरसफाईको सामाग्रिको लागी आर्थिक अभाव भएकाले परिवारले उपचारको लागी सहयोगको अपिल गरेका छन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.