बजार खुलेको ५ मिनेटमा एक लाख कित्ता शेयर किनबेच

पुस ७, २०७८ मा प्रकाशित | 744 views

काठमाडौं । मंगलबार शेयर बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएको छ । कारोबार खुला भएको ५ मिनेटमा नै एक लाख कित्ता शेयर किनबेच भएका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक पनि २८ अंक भन्दा धेरैले बढेको छ ।

५ मिनेटमा एक लाख कित्ता भन्दा धेरै कारोबार हुँदा कारोबार रकम १७ करोड १५ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय शेयर बजार लगातार ओरालो लाग्दा कारोबार संख्या र कारोबार रकम पनि कम हुने गरेको छ ।
मंगलबार भने ५६ दशमलव ७३ अंकले नेप्से परिसूचक बढेको थियो । कारोबार रकम भने २ अर्ब ३८ करोड रुपैयाँको मात्रै भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web