काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थी मृत भेटिए

पुस ६, २०७८ मा प्रकाशित | 550 views

काठमाडौं । बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउँछौं’ उनले  भने ।

शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web