एजेन्सी । चीनले अमेरिकालाई उसको ‘लापरर्बाहीपूर्ण’ प्रतिबन्धको ‘बदला’ लिने चेतावनी दिएको छ । मानवअधिकार उल्लङ्घनको आरोपमा चिनियाँ नागरिक र संस्थाहरूलाई प्रतिबन्ध लगाएपछि चीनले यस्तो चेतावनी दिएको हो ।
अमेरिकाले शुक्रबार चीनसहित म्यानमार, उत्तर कोरिया र बंगलादेशलगायत देशका केही नागरिक र संस्थाहरूप्रति मानवअधिकार उल्लङ्घनको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले प्रतिबन्धलाई ‘अनुचित कार्य’ भन्दै निन्दा गरे । “हामी अमेरिकालाई सान्दर्भिक गलत निर्णय तुरुन्त फिर्ता लिन, चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र चीनको हितमा हानी नगर्न आग्रह गर्दछौं ।” वाङले भने, “अमेरिकाले लापर्बाहीपूर्वक कार्य गरे चीनले दृढतापूर्वक प्रतिकार गर्नेछ ।”
पश्चिमा देशहरूले चीनले उइगुर अल्पसंख्यकको मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । चीनले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएको छ ।
20.12¡ÆC