डाँडाखर्क । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ को विभिन्न वस्तीमा नेपाल कम्युनिष्ट पाटीको पहिलमा विद्युत सेवा विस्तार गरिएको छ । उक्त क्षेत्रमा हालसम्म पनि विद्युत सेवाको प्रशारण लाइन नपुगेकाले जोखिम बहन गरेर टाढाबाट तार तानेर बत्ति बाल्दै आएका स्थानीबासीलाई विप्लव नेतृत्वको नेकपाको पहलमा नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्र मार्फत केन्द्रीय प्रशारण लाइन पुराइएको हो । नेकपाले जनताको जनजिविका तथा उनीहरुको अबस्थाको अन्तरक्रिया एंव संगठन निर्माणको क्रममा बेलकोटगढी नगरपालिका वडा नं.४ मा पुगेको समयमा स्थानीयबासीले मुख्य समस्याको रुपमा विद्युत सेवाको माग गरेपछि प्राधिकरणलाई ध्यानाकर्षण गराएर अहिले विद्युत सेवा पुराउन सफल भएको नेकपाको बेलकोटगढी इञ्चार्ज संगमले जानकारी दिनुभयो । उहाँको अनुसार नेकपाले प्राधिकरणको ध्यानाकर्षण गराएसगैँ जायज मागको सम्बोधनको क्रममा प्राधिकरणले पनि आवश्यकता अनुसारको विद्युतीय खम्बा प्रशारण लाइन उपलब्ध गराई अहिले विद्युत सेवा विस्तारको काम भैरहेको छ ।
प्राधिकरणले २४ वटा खम्बा उपलब्ध गराएको छ भने आवश्यक दुई हजार मिटर तार उपलब्ध गराएसगैँ विद्युत सेवाको उपयोग गर्नबाट बञ्चित रहेका बेलकोटगढी नगरपालिका वडा नं.४ को डाडाखर्क, थुम्केली, ठुलोगैरी, बानियागाउँ लगायतमा अहिले काम भैरहेको छ । अबको एक साताभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणको बेलकोट फ्युज शाखाका रामबाबु भट्टराइले जानकारी दिनुभयो ।
16.75¡ÆC