आजदेखि दैनिक ७ घण्टा बन्द

मंसिर २८, २०७८ मा प्रकाशित | 447 views

बुटवल ।  पाल्पा बुटवल सडक खण्ड आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।

चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा–झुम्सापुल र कालीमाटी–गौडेपुलसम्म काम भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web