सोलार प्लान्टमा लगाएको ताला खोलियो, माग पूरा गर्न आयोजना पक्ष सहमत

मंसिर २७, २०७८ मा प्रकाशित | 626 views

त्रिशूली । नुवाकोटमा निर्माणाधिन ग्रिडमा आवद्ध सोलार आयोजनाको कार्यालयमा युवा संघर्ष समितिले लगाएको ताला आज सोमबार खोलिएको छ । पटक पटक माग राख्दा पनि आयोजना पक्षले चासो नदिएसगैँ युवा संघर्ष समितिले आइतबार ताला लगाएसगैँ सोमबार भएको छलफलमा सहमति जुटेसगैँ ताला खोलिएको हो । समितिले आफ्ना माग पूरा गर्नको लागी दबाब स्वरुप आइतबार विदुर नगरपालिका–६ स्थित आयोजनाको कार्यालयमा ताला लगाएका थिए । त्यसपछि सोमबार आयोजना प्रमुख विकास रघुबंशी, संघर्ष समितिका संयोजक रोजिना ढुङ्गाना सहितको पदाधिकारी, नेकपा माओवादी केन्द्रको विदुर नगरकमिटीको अध्यक्ष प्रभा बोगटी र स्थानीयबासीबीच भएको छलफलमा आयोजना पक्षले एक महिना भित्र माग पूरा गर्ने अर्थात सडक कालोपत्रेको काम सुरु गर्ने प्रतिबद्धता जनाएको छ । माग पूरा गर्न आयोजना पक्ष सहमत भएगसैँ युवा संघर्ष समितिको तर्फबाट लगाएको ताला संयोजक रोजिना ढुङ्गाना लगायतले नै खोलिदिएको हो ।

 

आयोजना पक्षलाई सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरागर्न दिएको समयमा आयोजनाले वेवास्था गरेको भन्दै विदुर नगरपालिका वडा नं. १२ का युवाहरु सम्मिलित युवा संघर्ष समितिले कार्यालयको मूल ढोकामा आइतबार ताला लगाएपछि आयोजना प्रमुख विकास रघुबंशी छलफलको लागी सोमबार बिहान काठमाडौबाट आयोजना निर्माण स्थलमा आएका आउनुभएको हो ।

May be an image of 10 people, people sitting, people standing and outdoors
यसअघि पटक–पटक भएको सहमति अनुसार गत मंसिर १० गते माग पूरागर्न दिएको १५ दिनको समयसीमा आयोजनाले अटेर गरेकाले कार्यालयमा ताला लगाएको ताला खोलिएको समितिका संयोजक रोजिना ढुङ्गानाले जानकारी दिनुभयो । उहाँको अनुसार विदुर नपा वडा नं. ६ को ब्यारेक चोकदेखि वडा नं १२ को ज्यामिरेमोडसम्मको सडक स्तरउन्नती तथा कालोपत्रे गर्ने काम सुरु गर्न आग्रह गरिएकोमा एक महिना भित्र काम सुरु गर्ने भनेर प्रतिबद्धता जनाएकाले त्यसो नभए थप कडा बिरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ ।

No description available.
युवा संघर्ष समिति सहित सोलार सरोकार समिति सहितको उक्त क्षेत्रका विभिन्न संघसस्था र समितिले आयोजनाको पहुँच मार्गमा पर्ने ब्यारेक चोकदेखि ज्यामिरे मोडसम्मको करीब पाच किलोमिटर सडक कालोपत्रेको माग राख्दै आएका छन् ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट जल विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा निर्माण थालिएको सोलार प्याण्ट मार्फत २५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ । आयोजनाबाट हालसम्म १० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौतामा काम भइरहेको हो । उक्त सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले पाँच वर्षसम्म गर्ने जनाएको छ ।
कम्पनीले पाच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने उल्लेख छ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट विद्युत उत्पादन गर्नुपर्ने सम्झौतामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web