त्रिशूली । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुन : शक्तिमाया तामाङ चयन हुनुभएको छ । शुक्रवार सम्पन्न चौथो जिल्ला अधिवेशनले रेडियो चिम्टेश्वरको सञ्चालक समितिको कोषाध्यक्ष एंव बिबिसी नेपाली सेवाको नुवाकोट, रसुवा र धादिङको संवाददाता समेत रहनुभएका तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा राकेश डंगोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा होमबहादुर तामाङ, सञ्जु तामाङ, भावना तामाङ, मनिष नगरकोटी र सर्मिला थापा मगर रहेका छन् । यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गमला लामा, नवदीप श्रेष्ठ, अनुजमान श्रेष्ठ र प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरत सन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ । अध्यक्ष तामाङ लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा आवद्ध रहनु भएको छ ।
जिल्ला अधिवेशनलाई सम्वोधन गर्नुहुँदै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिसद नुवाकोटका अध्यक्ष भगवान राना मगरले फोनिजलाई साथमा लिएर गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनु भएको छ ।
आदिवासी जनजातीको उत्थान तथा व्यक्तित्व विकासमा तीन वटै सरकार जिम्मेवार हुनु आवस्यक रहेको उहाँले बताउनु भएको छ । यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आवद्ध सञ्चार माध्यममा प्राथमिकता दिनलाई फोनिजमा आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । जात विशेषको संस्कृति र इतिहासलाई लिखित रुपमा दस्तावेज बनाएर राख्न सकियो भने आगामी पुस्तालाई चिनो स्वरुप हस्तान्तरण गर्न सकिने बताउनुभएको छ ।
फोनिज जिल्ला शाखा नुवाकोटको चौथो अधिवेशनलाई संवोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठ शाखामा आवद्ध पत्रकारहरुलाई सक्रिय बनाउन प्रोत्साहन गर्ने गतिविधि सञ्चालन गर्ने फोनिज जिल्ला अध्यक्ष शक्तिमाया तामाङले प्रतिवद्धता जनाउनु भएको छ ।
27.37¡ÆC