बुल्गेरियामा बसमा आगलागी, ४६ जनाको ज्यान गयो

मंसिर ७, २०७८ मा प्रकाशित | 389 views

काठमाडौँ । बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको जनाको ज्यान गएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।

बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई ‘सिल’ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web