चिनियाँ धानमा बाला नलागेका किसानले बिउ बेच्नेबाटै क्षतिपूर्ति पाउने

मंसिर १, २०७८ मा प्रकाशित | 372 views

काठमाडौँ । चिनियाँ धान (डिवाई–२८) जातको धानमा बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । डिवाई–२८ जातको धानको बिउ सिफारिस नगरेको क्षेत्र काठमाण्डौ, भक्तपुर, ललितपुरमा किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए । बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने गरी सहमति भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, किसान आयोगबीच आज बुधवार भएको छलफलपछि बिउ आयात तथा वितरण गर्ने व्यापारीले प्रति रोपनी दुई हजार दुई सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । उसले पुस १५ सम्म क्षतिपूर्ति दिनुपर्नेछ ।

प्रारम्भिक तथ्याङ्कअनुसार बाला नलागेको क्षेत्र दुई हजार आठ सय ७० रहेको छ । अहिलेसम्म क्षतिको विवरण नटिपाएका किसानलाई सात दिनभित्र पालिकामा टिपाउन भनिएको छ ।

बिउ आयात तथा वितरण गर्नेबाटै किसानलाई क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलो पटक कार्यान्वयन भएको हो । धानमा बाला नलागेपछि आफूहरूलाई गलत बिउ वितरण गर्नेलाई कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्न किसानले माग राख्दै आएका थिए । धानमा दाना नलागेको विषयमा अध्ययन गर्न समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web