गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

कार्तिक २६, २०७८ मा प्रकाशित | 415 views

काठमाडौँ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।

आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका धेरै ठाउँमा चिसो बढ्दै गएकाे छ ।

हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने माैसमविद्ले बताएका छन् ।

यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएकाे छ ।

मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएकाे छ । आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web