दसैँ तिहारको एक महीनाको अवधिमा दुर्घटनाबाट १८ जनाको मृत्यु

कार्तिक २४, २०७८ मा प्रकाशित | 589 views

बैतडी । सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महीनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।

“साना सवारीसाधनका चालकले लापरवाही गर्दा बढी दुर्घटना भएका थिए”, प्रहरी उपरीक्षक गौतमले भने, “चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।”

क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेको पाइएको छ । “सवारीसाधनको अवस्था नजाँचिकनै चलाउँदा पनि दुर्घटनाको कारण बन्ने गरेको छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web