ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कार्तिक १५, २०७८ मा प्रकाशित | 426 views

रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको छ ।

उनको सनाखत हुन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web