बैंकिङ कसूरको आरोपमा एकजना पक्राउ

कार्तिक ९, २०७८ मा प्रकाशित | 291 views

काभ्रेपलान्चोक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् । खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै आएकोमा उनले जम्‍मा नगरी १ करोड ८९ लाख ९० हजार ८५५ रुपैयाँ चलाएको प्रहरीको दाबी छ ।

उनलाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले सोमबार काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्‍याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web