भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

कार्तिक १, २०७८ मा प्रकाशित | 478 views

महोत्तरी । भाउजूकाे हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज साेमवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार संजयले बाेक्सीकाे आराेपमा गएकाे बिहीवार भाउजू शिलादेवी झाकाे हत्या गरेका थिए ।

मजदुरीको काम गर्ने संजयले घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको हो ।

एकल महिला शिलादेवीकाे बाेक्सीको आरोपमा देवर संजयले हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश अचार्यले बताउनुभयाे । एसपी अचार्यका अनुसार आफ्नी श्रीमती रिंकुलाई टुनामुना गरेको अन्धविश्वासमा परि संजयले भाउजू शिलादेवीको हत्या गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका संजय गएकाे बुधवार राति साइकलमा घर पुगेर बिहीबार बिहान ३ बजेको समयमा भाउजूकाे हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूकाे हत्या गरी संजय बिहानै साइकलमै जनकपुर फर्किएको प्रहरीको अनुसन्धानले देखाएकाे छ ।

प्रहरीले अनुसन्धानका क्रममा पाएको जानकारीअनुसार शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकुको गर्भ तुहिएको थियो । त्यसपछि मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक भएको थिएन । पछि बोक्सी नै रहेको भन्दै संजयले भाउजूको हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web