नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा कम्तीमा २० जना घाइते

कार्तिक १, २०७८ मा प्रकाशित | 571 views

नुवाकोट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

काउलेबाट काठमाण्डौका लागि छुटेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web