८ असार, काठमाडौं ।
प्रधानमन्त्री के.पी शर्मा ओलीले पुर्खाहरुले जगेर्ना गरेको संस्कृति राष्ट्रिय एकता एबं अखण्डतालाई अक्षुण राख्दै सामाजिक असमान्ता अन्त्य गर्न आवश्यक रहेको बताउनु भएको छ ।

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संचालक परिषद्को १५ औ बैठकलाई आज ललितपुरमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले मुलुकको बिबिधता लाई द्धन्दको बिषय नबनाई एकले अर्काको संस्कृतिको सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहांले गरिबी र पछौटे पन हटाई समृद्र्धिको खोजी गर्न आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले संबिधान प्राप्ती पछि मुलुक नयां चरणमा प्रबेश गरको र संबिधानले सबै जाती बर्ग र समुदायको अधिकार सुनिश्चित गरी सकेको बताउनु भयो ।

तोडफोड, आगजनी र ध्बंश गर्ने काम लोकतन्त्रमा स्विकार्य नहुने भन्दै प्रधानमन्त्री ओलीले आप्mनो र पार्टीको निजी स्वार्थ त्यागी मुलुकको समृद्र्धी र बिकास निर्माणमा समाहित हुन असन्तुष्ट पक्षलाई आग्रह गर्नु भयो ।

उहांले मधेशका जनतालाई केहि व्यक्तिले गुमराहमा राख्ने काम गरी रहेको भन्दै तराई मधेश पहाड र हिमाल लाई छुट्टाएर नेपालको कल्पनै गर्न नसकिने बताउनु भयो ।

16.12¡ÆC