अफगानी बालबालिकामा कुपोषणका कारण ज्यान जाने जोखिम

अशोज २५, २०७८ मा प्रकाशित | 922 views

अफगानी बालबालिकामा कुपोषणका कारण ज्यान जाने जोखिम

काठमाडौँ । अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताउनु भएको हो । उहाँले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गर्नु भएको छ।

उहाँले आफ्नो भ्रमणका क्रममा काबुलमा रहेको एक बाल अस्पतालमा गम्भीर कुपोषण भएर भर्ना भएका बालबालिकासँग भेट गर्नु भएको छ । यस्तै, युनिसेफले तालिबानलाई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ।

यस्तै, बालबालिकाहरु पोलियोको जोखिममा पनि रहेकाले उनीहरुलाई तत्काल खोप दिने व्यवस्था गर्नसमेत युनिसेफले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web