७ सय ६४ जनामा कोरोना पुष्टि

अशोज २२, २०७८ मा प्रकाशित | 392 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ८८ जनाको नमुना परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नौ सय ९७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३३ सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७४ हजार एक सय ७३ पुगेको छ ।

यही अवधिमा थप १० जना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अहिले १५ हजार ६ सय १४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १३ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web