कारमा सवार व्यक्तिमाथि गोली प्रहार गरी ८ लाख चोरी

अशोज २१, २०७८ मा प्रकाशित | 399 views

काठमाडौँ । कपिलवस्तुको गोरुसिंगे जंगलमा अज्ञात समूहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटेको छ । बुद्धभूमि नगरपालिका–१० स्थित तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले कारमा सवार व्यक्तिमाथि गोली प्रहार गरी नगद लुटेर लगेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी उनीहरू भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

गोली प्रहार गरेर भागेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web