उत्कृष्ट ट्राफिक व्यवस्थापन पुरस्कारबाट प्र.स.नि. नरहरी अधिकारी पुरस्कृत

अशोज २१, २०७८ मा प्रकाशित | 510 views

उत्कृष्ट ट्राफिक व्यवस्थापन पुरस्कारबाट प्र.स.नि. नरहरी अधिकारी पुरस्कृत

हेटौडा । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ट ट्राफिक व्यवस्थापन पुरस्कारबाट प्र.स.नि. नरहरी अधिकारी पुरस्कृत भएका छन् । ट्राफिक प्रहरी कार्यालय मुग्लिनमा रहेर सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको भन्दै ६६ औ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौडामा एक समारोहका विच प्रहरी नायव महानिरिक्षक प्रकाशजंघ कार्कीले अधिकारीलाई “उत्कृष्ट ट्राफिक व्यवस्थापन पुरस्कार” बाट पुरस्कृत गरेको हो ।

२०७७ फाल्गुण १८ गते ट्राफिक प्रहरी कार्यालय मुग्लिनको जिम्मेवारी सम्हालेका अधिकारीले करिब ७ महिनाको बसाइमा दुर्घटना न्युनिकरण, यात्रुहरुसंग लिइएको बढी भाडा फिर्ता, कोरोना महामारीको विच स्थानीय स्वास्थ्यकर्मीहरुको सहकार्यमा चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण, पहिरोेका कारण अवरुद्ध राजमार्ग सञ्चालन गर्न दिनरात खटिनुका साथै गाउँपालिकासंग समन्वय गरी ट्राफिक प्रहरी कार्यालयको आफ्नो छुट्टै भवन निर्माणमा उहाँको योगदान रहेको छ ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनमा रहेर उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न सफल प्र.स.नि. अधिकारी ट्राफिक प्रहरी कार्यालय धादिङ्गमा सरुवा भएका छन् भने ट्राफिक प्रहरी कार्यालय मुग्लिनको कार्यालय प्रमुखमा ट्रा.प्र.स.नि.बब्लु ठाकुरले रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web