साढे ३३ किलो सुन प्रकरणका मुख्य आरोपी ‘गोरे’ सहित ६ जनालाई जन्म कैद

अशोज १९, २०७८ मा प्रकाशित | 413 views

काठमाडौँ । साढे ३३ किलाे सुन तस्करी र भरिया सनम शाक्यकाे हत्या प्रकरणमा जिल्ला अदालत माेरङले मुख्य आराेपी चूडामणि उप्रेती ‘गाेरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।

आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदकाे फैसला सुनाएकाे हाे । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएकाे छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् ।

यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएकाे छ ।

यस प्रकरणमा मुख्य आराेपी ‘गाेरे’ सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web