कान्तिपुर मलमा चाडपर्वको बहार,सामान किन्दा उपहारै उपहार

अशोज १९, २०७८ मा प्रकाशित | 1331 views

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा नयाँ बसपार्कमा अवस्थित कान्तिपुर मलले दशैं, तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना ल्याएको छ।

कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गर्ने अवसर ल्याएको हो । उपहार योजना अन्तर्गत मंसिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा मोटरसाइकल दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार मेमाको ४२ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रिज र अन्य सान्त्वना पुरस्कार राखिएका छ्न् ।

यसैगरी,कान्तिपुर मलले टिकटक प्रतिष्पर्धा पनि आयोजना गरेको छ।जस अन्तर्गत कान्तिपुर मलमा आएर टिकटक बनाउने टिकटकर मध्य बाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार (गिफ्ट ह्यम्पर) प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले बताए ।

टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ।

कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी राजु खड्काले बताए । कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवालले जानाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web