लागुऔषधसहित तीन जना पक्राउ

अशोज १८, २०७८ मा प्रकाशित | 342 views

सङ्खुवासभा । सङ्खुवासभामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

सदरमुकाम खाँदबारीबाट मानेभञ्जाङ्ग जाँदै गरेको अवस्थामा खाँदबारी नगरपालिका–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी नगरपालिका–४ का रवि गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो ।

श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र अर्का गुरुङको साथबाट ९ सय ४० मिलिग्राम अफिम प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web