ब्राजिलका राष्ट्रपतिको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

अशोज १७, २०७८ मा प्रकाशित | 646 views

काठमाडौँ । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रकाे रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाइ छ ।

ब्राजिलको रियो दि जेनेरियो लगायत १ सय ६० सहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web