दाङ । अवैद्य रुपमा ढुंगा ओसारपसार गरिरहेको अबस्थामा दाङ तुलसीपुर ८ अस्वारा निवासी अनुप पाण्डेका चारवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साे टिपरमा चारलेनको प्रयोगका लागि ल्याइएको ढुंगाहरु रहेको बुझिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वारले बताए । उनीहरुको साथबाट कुनै कागजात फेला नपारेपछि नियन्त्रणमा ल्याइएको उनले बताए ।
बालापुर प्रहरी चौकीले नियन्त्रणमा लिएका ति टिपरहरु अष्टभैरव कम्पनीका रहेका छन् । ढुंगा ल्याएको स्थान र कहाँ लैजान लागेको हो भन्ने कुरा पुष्टि गर्ने कागजात बोक्नु पर्छ । क्रसर उद्योगबाट ल्याएको हो भने पनि त्यहाँको विल वोक्नु पर्ने भएपनि उनीहरुले केही पनि बोकेका थिएनन् ।
तर, चार लेन निर्माणका पेटी ठेकेदारका रुपमा रहेका सुनिल खत्रीले यसमा आफूहरुलाई जोड्नुपर्ने कुनै कारण नै नरहेको बताएका छन् । ति टिपरहरु अष्टभैरव कम्पनीका रहेपनि आफूहरुले नारायणपुर निवासी अवित केसीलाई भाडामा दिएको बताएका छन् ।
24.44¡ÆC