४८ बोतल लागुऔषध सहित पक्राउ

अशोज १५, २०७८ मा प्रकाशित | 430 views

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web