इथियोपियाद्वारा राष्ट्रसङ्घका सात कर्मचारी देश निकाला

अशोज १५, २०७८ मा प्रकाशित | 547 views

काठमाडौँ । इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।

इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ ।

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रचारबाजी गरेको तथा केही गम्भीर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनमा परेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने अचम्मित भएको प्रतिक्रिया दिनुभएको छ । गएको वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण त्यस क्षेत्रमा मानवीय सङ्कट देखिएको छ ।

लडाइँमा परी हजारौँ मानिस मारिएका छन् भने कयौँ विस्थापित हुन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web