कौसी खेतीका लागि अनुदानमा सामग्री प्रदान

अशोज १४, २०७८ मा प्रकाशित | 493 views

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘कौसी खेती प्रवर्द्धन’का लागि शतप्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको छ । शहरी वडामा कौसी खेती प्रविधि नमुना प्रदर्शनीका लागि सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

कार्यक्रमका लागि महानगरले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबाट विभिन्न सामग्री खरिद गरेर वितरण गरेको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।

हजारी, ह्याण्ड स्प्रे, नर्सरी ट्रे, पाँच किलोको बल्क कोकोपिट, तरकारी कम्पोजिट प्याक र प्लाष्टिक ग्रो ब्याग वितरण गरिएको शाखा प्रमुख एवं कृषि अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

‘वडा नम्बर १ देखि १६ सम्मका ९० जनालाई वितरण गर्ने लक्ष्य राखेका छौं, ३३ जनाले लगिसक्नुभएको छ,’ उनले भनिन्, ‘निवेदन दिएका अन्यलाई पनि वितरण गर्ने तयारी गरिरहेका छौं ।’

कौसी खेती गर्न इच्छुक नगरबासीलार्ई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा सामग्री वितरणको कार्यक्रम राखिएको कृषि अधिकृत श्रेष्ठले बताइन् । कौसी खेतीका लागि एक वर्षअघि वीरगञ्ज महानगरपालिकाले तालिम समेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web