वैदेशिक रोजगारीमा जान भदौ महिनामा ३६ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

अशोज १४, २०७८ मा प्रकाशित | 857 views

काठमाडौँ । भदौ महिनामा मात्रै ३६ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार १८ सय २२ जना महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् ।

महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेका छन् ।

१८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् । यस्तै १२ हजार ९३५ जना पुरुष र ६९० जना दक्ष महिलाहरूले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् ।

२६ सय ७१ अर्ध दक्ष श्रमिक बिदेसिएका छन् भने २७ जना व्यवसायीक र ८ जना उच्च सीप भएकाहरूले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web