तालिबानद्वारा भारतलाई हवाई उडान सुरु गर्न आग्रह

अशोज १४, २०७८ मा प्रकाशित | 627 views

काठमाडौँ । तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ ।

तालिबान सरकारले भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तालिबानले कब्जा जमाउनु अघिसम्म भारतले अफगानिस्तानमा उडान भर्दै आएको थियो । भारतले गएको अगष्ट १५ देखि सबै उडान बन्द गरेको हो ।

‍तालिबानले अफगानिस्तानकाे सत्ता कब्जामा लिएपछि भारत लगायत थुप्रै देशले उडान भर्न बन्द गरेका थिए ।

पाकिस्तानले भने इस्लामाबाद-काबुल उडानलाई केही दिनदेखि फेरि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web