आज दिनभरि नै मौसम बद्ली हुने

अशोज १४, २०७८ मा प्रकाशित | 533 views

काठमाडौँ । वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

भारतको झारखण्ड आसपास बनेको न्यूनचापीय रेखाको प्रभावका कारण वाग्मती र गण्डकी प्रदेशका केही ठाउँ र अछामका धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । न्यूनचापीय रेखाको प्रभावका कारण राति पनि देशका धेरैजसो ठाउँको हल्का पानी पर्ने सम्भावना छ ।

भोलि बेलुकासम्मकै मौसम यस्तै नै हुने र पर्सिदेखि मौसम सफा हुँदै जाने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web