काठमाडौं । प्रहरीको महानगरी अपराध महाशाखाले इडीभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २९ जेगेडी घर भइ हाल काठमाडौं-१४ कलंकी बस्दै आएका ३६ वर्षीय जीवन कार्की, खैरहनी नगरपालिका-३का ३१ वर्षीय नविन राई, चन्द्रपुर नगरपालिका ९, सिन्दुरेघारी घर भइ हाल कोटेश्वर बस्दै आएका ३२ वर्षीय शिव रोक्का रहेका छन् ।
उनीहरुले इडीभीका लागि प्लस टु पास गरेको नक्कली शैक्षिक प्रमाणपत्रहरु पेश गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरुलाई लिखत सम्बन्धी कसूर मुद्धामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

24.34¡ÆC