उत्तर कोरियाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

अशोज १३, २०७८ मा प्रकाशित | 833 views

काठमाडौँ । उत्तर कोरियाले आफूले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सरकारी मिडियाले ‘ह्वासङ– ८’ नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको हो ।

विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ । गएको जनवरीमा नै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाउ दिनुभएको थियो । उत्तर कोरियाले हिजो विहान जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web