कपनबाट चार वर्षीय बालक सम्पर्कविहीन

अशोज १२, २०७८ मा प्रकाशित | 474 views

काठमाडौँ । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् ।

कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका उनी त्यतातिर गएको हुनसक्ने देखिएको छ, थप अनुसन्धान भइरहेको छ’ उनले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार ती आफन्तको मोबाइल पनि घरमै छ । हालसम्म उनले फिरौती वा अन्य कुनै माग राखेर परिवारलाई सम्पर्क गरेका छैनन् । उनीहरुबीच रिसिइबी रहे/ नरहेको पनि खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web