अफगानिस्तानकाे हेलमन्ड प्रान्तका नाऊहरूलाई दाह्री नकाट्न तालिबानकाे उर्दी

अशोज ११, २०७८ मा प्रकाशित | 532 views

काठमाडौँ । तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा नाऊहरूमाथि दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । दाह्री काट्नु र मिलाउनु इस्लामको कानुनले गरेको व्याख्याको उल्लङ्घन हुने तालिबानले बताएको छ ।

यस नियमको उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइने तालिबान धार्मिक प्रहरीले भनेको छ ।

अफगानिस्तानको राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तो आदेश प्राप्त भएको बताएका छन् ।

यस निर्देशनबाट अफगानिस्तानमा तालिबानको पुरानो कडा शासन फर्किएको सङ्केत गरेको छ । यद्यपि तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो ।

गएको महिना सत्ता हातमा लिएयता तालिबानले विपक्षीविरूद्ध कडा कारबाही गर्दै आएको छ ।

गएको शनिवार तालिबान लडाकुहरूले चार जना सन्दिग्ध अपहरणकारीलाई गोली प्रहार गरेर मारिदिएका थिए र उनीहरूको शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो ।

दक्षिणी हेलमन्डका सैलुनबाहिर टाँसिएका सूचनामा तालिबान अधिकारी

अफगानिस्तानकाे हेलमन्ड प्रान्तका नाऊहरूलाई दाह्री नकाट्न तालिबानकाे उर्दी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web