खोरभित्र चितुवाले पसेर २३ वटा खसी–बाख्रा मार्‍यो

अशोज ११, २०७८ मा प्रकाशित | 624 views

बर्दिया । बर्दियाकाे गुलरिया नगरपालिका ५ सन्तोषी टोलमा रहेकाे बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ खसी–बाख्रा चितुवाले मारेको छ ।

खोरभित्र बाँधिएका २३ खसी–बाख्रालाई चितुवाले मार्दा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो । नजिकैको सामुदायिक वनबाट आएको चितुवाले गए राति सबै खसी–बाख्रा मारेको पौडेलले बताउनुभयो ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोपाल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web