आज मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भाबना

अशोज ११, २०७८ मा प्रकाशित | 352 views

काठमाडौँ । मनसुन बाहिरिने क्रममा रहेकाले पोस्ट मनसुनमा देखिने खालका गतिविधि देखिन थालेको छ ।

विशेषगरी अक्टोबर र नोभेम्बर महिनालाई पोस्ट मनसुन मानिन्छ । तर, अहिले मनसुनको अवधिको समय परिमार्जन गर्दै जुन १३ तारिखदेखि अक्टोबर २ तारिखसम्म तोकिएकाले मौसमविद्ले पोस्ट मनसुनका गतिविधि सुरु भएको औपचारिक घोषणा भने गरेका छैनन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन नेपालबाट पूर्ण रुपमा बाहिरिए पछि पोस्ट मनसुन घोषणा गरिने छ । अहिले मनसुन निष्क्रिय भए पनि बाहिरिसकेको छैन । मनसुन सुरु हुनु अघिको प्रि-मनसुन र मनसुन सकिए पछिको पोस्ट मनसुनमा उस्तै खालका मौसमी गतिविधि देखिन्छ ।

एकैछिनमा पानी पार्ने प्रणाली बन्ने र मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पोस्ट मनसुनमा मनसुनको जस्तो लगातार झरी पर्दैन । मनसुनमा मसिनो पानी लगातारजसो पर्छ भने पोस्ट र प्रि-मनसुनमा ठूला-ठूला थोपासहित पानी पर्छ ।

आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने मौमसविद्ले बताएका छन् । हिजो जस्तै दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web