कोरोना संक्रमितकोबाट दुई जनाको मृत्यु

अशोज १०, २०७८ मा प्रकाशित | 501 views

काडमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको राति १ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा असोज ४ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web