जीप दुर्घटनामा परी एक जनाको ज्यान गयो, चार जना घाइते

अशोज १०, २०७८ मा प्रकाशित | 379 views

रामेछाप । रामेछापकाे सुनापति गाउँपालिका-४ बेथानकाे पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । चार जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजाे बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका-३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीकाे ज्यान गएकाे हाे । उहाँकाे काभ्रेकाे धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका अन्यकाे भने उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web